काठमाडौं: नेपालमै पहिलो पटक सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) कन्फेरेन्स सम्पन भएको छ।
एसईओ एजेन्सी ओर्का सोसल्सले गत शुक्रबार, फागुन १६ गते नेपालमै पहिलो पटक एसईओ कन्फेरेन्स आयोजना भएको थियो ।
कन्फेरेन्सले विज्ञ, डिजिटल मार्केटर, फ्रिल्यान्सर र व्यवसाय सञ्चालकहरूलाई एकै स्थानमा ल्याउन सफल भएको ओर्का सोसल्सका संस्थापक रामबाबु थापाले बताए।
एसईओलाई करियर र व्यवसायिक साधनको रूपमा परिचित गराउने उद्देश्यसहित कन्फेरेन्स आयोजना गरिएको थियो ।
वर्डप्रेस कम्युनिटी नेपाल र अन्तर्राष्ट्रिय एसईओ विज्ञहरूको सहकार्यमा सञ्चालित उक्त कन्फेरेन्समा १ सय भन्दा बढी एसईओ व्यवसायी, उद्यमी, विद्यार्थी र फ्रिल्यान्सरहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा ‘नेपालमा एसईओ सेवाको दायरा र आवश्यकता’ विषयमा प्यानल छलफल भएको थियो। साथै डिजिटल मार्केटिङ, पेड विज्ञापन, एआई अटोमेसन, फ्रिल्यान्सिङका विषयमा पनि छलफल गरिएको थियो।
यस्ता सम्मेलनले एसईओको जनचेतना फैलाउन र क्षमता अभिवृद्धि गर्न ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय नेपालमा पनि एसईओप्रति रुचि बढ्दै गएको र व्यवसायहरूले पनि ट्राफिकको अर्गानिक माध्यमको रूपमा एसईओको महत्त्व बुझ्न थालिएको छ । सुरुवाती अवस्थामा ट्रेकिङ एजेन्सी र सफ्टवेयर विकास कम्पनीहरूले मात्र एसईओ प्रयोग गरेको भए पनि आजको समयमा स्थानीय स्टार्टअपदेखि अन्तर्राष्ट्रिय व्यवसायसम्मका कम्पनीहरूले एसईओलाई आफ्नो प्रमुख मार्केटिङ रणनीतिको रूपमा समावेश गरिएका छ्न ।


















