अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक देखि ४७ वर्षे अधबैँसे सम्म

काठमाडौं: अमेरिकाबाट बुधवार डिपोर्ट भएर काठमाडौँ ल्याइएका ८ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेका छ्न् । त्यसमा २२ वर्षीय युवक देखि ४७ उमेर सम्मका रहेका छ्न्।

डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नाम मात्र खुलाएको छ । थप पहिचान भने खुलाइएको छैन ।

बुधवार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौँ ल्याइएको थियो । अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईले सबैलाई अध्यागमन प्रक्रिया पूरा भएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको जानकारी दिएका छ्न् ।

उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ ।