काठमाडौं: ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय हुने बताएका छन् ।
शुक्रबार संसद् भवनमा कुलमानलाई हटाउने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टीकरणको जवाफ आएपछि निर्णय गरिने बताए।
उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत् दिएर ठूलो सहयोग गरेको पनि उनले बताए ।
प्राधिकरणका नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ । कुलमानको विषय व्यक्तिगत नभएर सरकारको विषय भएको भन्दै उनले कर्मचारीहरू अनुशासित हुनुपर्ने समेत धारणा व्यक्त गरे ।


















