काठमाडौंः नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अर्को महिना भुटानसँग टी२० सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै अप्रिल महिनामा नेपाली टोलीले भुटानसँग टी२० सिरिज खेल्नेबारे जानकारी दिएको हो।
यसका अलावा टोलीले आगामी सेप्टेम्बर महिनामा मलेसियामा नेपाल र युएईले त्रिदेशीय टी२० सिरिज र अक्टोबरमा श्रीलंकासँगको सिरिजको प्रस्ताव गरिएको छ। श्रीलंकासँगको सिरिज अहिले नै फाइनल भइसकेको छैन।
अगामी डिसेम्बरमा नेपाली महिला टोलीले नेपालमै पाँच देश सम्मिलित सिरिज खेल्ने भएको छ। जसमा नेपालसहित नामिबिया, युगान्डा, युएई र नेदरल्यान्ड्स रहनेछन्।


















