महिला पत्रकार र नेपाल रग्बीसंघको मैत्रीपूर्ण खेल सम्पन्न

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खेल आयोजना

काठमाडौं: अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल रग्बी संघको महिला विभागले आयोजना गरिएको महिला पत्रकार र रग्बी संघबीचको मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

शनिबार धुम्बाराहीस्थित काष्ठमण्डप स्कुलमा आयोजित महिला पत्रकार र रग्बी संघबीचको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतन गिरी, उपाध्यक्ष शशी लामा, महासचिव गोविन्द घिमिरे, सदस्य भरत अर्याल, टेक्निकल प्रमुख विनोद तामाङ, हिमालयन ट्राइगर रग्बी क्लबका अध्यक्ष रामकुमार लामा, गोर्खाली रग्बी क्लबका अध्यक्ष कृष्ण क्षेत्री, नेपाल रग्बी संघका कोषाध्यक्ष दिपक अधिकारी र खेलकुद पत्रकार मञ्चका प्रमुख निरञ्जन राजवंशीको आतिथ्यता रहेको थियो ।

नेपाल रग्बी संघको महिला विभाग प्रमुख एलिसा थापाले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्दै कार्यक्रमको औचित्यबारे प्रस्ट परेकी थिइन् । उनले रग्बी खेलको बिकास र प्रवर्द्धनका लागि महिला खेलाडीको भुमिका महत्त्वपूर्ण हुने औल्याइन् ।

मैत्रीपूर्ण खेलको सुरुवात प्रमुख अतिथिको शुभकामना मन्तव्यसहित बल हस्तान्तरण गरी खेल सुरु भएको थियो।

हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल रग्बी संघ तथा नेपाल खेलकुद पत्रकार मञ्चले महिलाको सशक्तिकरण र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्दै आएको छ ।