काठमाडौंः आजदेखि करिब एक हप्तासम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा बिजुली काटिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार बानेश्वर, कुलेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि बिजुली काट्न लागिएको हो ।
बिजुली बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा बन्द हुनेछ । आज भत्केको पुल (चाबहिल) र २७ गते भत्केपाटीदेखि नगाउँसम्मका क्षेत्रमा बिजुली आपूर्ति हुनेछैन ।
त्यसैगरी चैत ३ गते बल्खुदेखि चोभार गेटसम्म, ४ गते कीर्तिपुर रिङरोड र मैत्रीनगरवरिपरिका क्षेत्र तथा ५ गते कलंकीदेखि थानकोटसम्म क्षेत्रमा पनि विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
साथै मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।


















