आइओएमको सहायक डीनका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को रिक्त रहेको सहायक डीन पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।

सहायक डीन छनोट समितिले आवेदन दिएकामध्ये अन्तर्वार्तामा छनोट भएका पाँचबाट तीन जनाको नाम सिफारिस गरेको हो।

सिफारिसमा पर्नेमा डा खेमबहादुर कार्की डा पलेश्वाँ जोशी लाखे र डा सन्तकुमार दास रहेका छन्।