काठमाडौ: वीर अस्पतालको निर्देशक डा. दिलिप शर्मा नियुक्त भएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा न्याम्सका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शर्मालाई दुई वर्षका लागि वीर अस्पतालको निर्देशक पदमा नियुक्त गरेका हुन् ।
गत शुक्रबार मात्रै उपकुलपति प्राडा बस्नेतले डा. शर्मा सहित डा अनुपमा कार्की र डा. समाज गौतम गरी तीन जनाको नाम निर्देशक पदका लागि सिफारिस गरिएको थियो। मन्त्री पौडेलले पहिलो नम्बरमा सिफारिसमा परेका डा. शर्मालाई निर्देशकका रुपमा चएन गरेका हुन् ।
यसअघिका वीरका निर्देशक डा. सन्तोष पौडेलको दुई वर्षे कार्यकाल गत ४ फागुन गते सकिएको थियो ।
वीरका नवनियुक्त निर्देशक डा.शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक, नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार जस्ता जिम्मेवारी सम्हालेका थिए ।


















