काठमाडौं: अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि गोली प्रहार गरिएको छ ।
गतसाता मंगलबार राति डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेसन्स् (एएमओ)ले पक्राउ गरेको हो ।
हाल उनीहरु सीबीपीकै नियन्त्रणमा रहेको बताएको छ । क्यालिफोर्नियाको समुन्द्री तटबाट दुई नेपालीसहित नौ जना अवैध अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीलाई नियन्त्रणमा लिइएको सीबीपीले वेवसाइडमार्फत जानकारी दिएको छ । सीबीपीले हालसम्म पक्राउ पार्नेको नाम भने खुलाएको छैन ।
‘एएमओको विमानले मंगलबार राति करिब साढे ९ बजे क्यालिफोर्नियाको तटबाट डुंगामा अमेरिकाको सिमातर्फ आउँदै गरेको अवैध आप्रवासीको समूह पत्ता लगाएपछि कोस्टल इन्टरसेप्टर भेसलसँग समन्वय गर्दै एयरक्रुले डुंगाको निगरानी गरि
बुधबार बिहान उनीहरुमाथि गोली प्रहार गरी पक्राउ गरिएको थियो
पक्राउ पर्नेमा दुई नेपालीसहित दुई मेक्सिकन, चार ब्राजिलियन र एक जना चिनियाँ नागरिक छन् । उनीहरुलाई अमेरिकी कानुन ८ युएससी १३२४ उल्लंघन गरेको आरोपमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने सीबीपीले तयारी गरेको छ ।
अमेरिकी कानुन अनुसार सामान्य उल्लंघनमा जरिवाना वा पाँच वर्षसम्म जेल, आर्थिक लाभका लागि वा आपराधिक विदेशी संलग्न भएमा न्यूनतम ३ देखि अधिकतम १० वर्षसम्म जेल सजाय हुने प्रावधान रहेको छ ।


















