राजावादीहरूको पछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको प्रचण्ड दाबी

काठमाडौ: प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको चहलपहलपछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका हुन्।

‘राजावादीहरूको यो चहलपहलपछाडि संगठित
प्रयास छ भन्ने बिषयमा आफू जानकर भएको समेत जनाए ।

यस्तो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले प्रष्ट परे। तर यस्ता चलखेलहरू यही ८ महिनामा अचानक वृद्धि किन भयो भन्ने प्रश्न मूल रहेको पनि उनले बताए

उनले भने-‘बन्द कोठामा समेत राजतन्त्रका सपना देख्न डराएकाहरू सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन्,’

पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष कै कारण अहिलेको अवस्था सृजना भएको समेत जिकिर गरे