न्याम्सको एमडी/एमएस कार्यक्रम प्रहरी अस्पतालमा पनि सञ्चालन गरिने

काठमाडौं: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ।

न्याम्सको स्नातकोत्तर तह (एमडी/एमएस) कार्यक्रम प्रहरी अस्पतालमा सञ्चालन गर्न सम्झौता भएको हो।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा. लोचन कार्की र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजुले हस्ताक्षर गरेका छन्।

सम्झौता पत्रमा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले संरक्षकको रुपमा हस्ताक्षर गरेका छन् ।

न्याम्सका कार्यक्रम मुकुकका विभिन्न अस्पतालमा विस्तार हुँदै गएको छ । पुलिस अस्पताल न्याम्स कार्यक्रम संचालन गर्ने २२ औं अस्पतालमा रहेको छ ।