काठमाडौं: काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।
गएराति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैं आगो लगाएका थिए । उक्त घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्याएको छ ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराका अनुसार उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ ।


















