पुटिन र ट्रम्पको सम्बन्धले युक्रेन युद्धविराम वार्तामा ठूलो प्रभाव पार्ने सक्ने: पुटिन पूर्व सल्लाहकार मार्कोभ

काठमाडौं: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व सल्लाहकार सर्गेई मार्कोभका अनुसार पुटिन र डोनाल्ड ट्रम्पबीचको राम्रो सम्बन्धले युक्रेन युद्धविरामसम्बन्धी वार्तामा ठूलो प्रभाव पार्न सक्ने धारणा व्यक्त गरेका छन् ।

बीबीसी रेडियो फोरको ‘टुडे’ कार्यक्रममा बोल्दै मार्कोभले पुटिन र डोनाल्ड ट्रम्प नेतृत्वको नयाँ अमेरिकी सरकारबीचको सम्बन्ध, पुटिन र पूर्व राष्ट्रपति जो बाइडेनबीचको सम्बन्धभन्दा निकै फरक हुने पार्न सक्ने धारणा व्यक्त गरेका हुन् ।

‘बाइडेन पुटिनका दुश्मन थिए, तर ट्रम्प उनको प्रतिद्वन्द्वी हुन्।’उनले युद्धविराम सम्बन्धी प्रस्तावहरूले पुटिनलाई गम्भीर नैतिक संकटमा पारिदिएको बताए । उनले अगाडि थपे, ‘किनकि अब रूसी जनता युद्धबाट थाकिसकेका छन् र शान्ति चाहन्छन्।’ मार्कोभले भने ।