गायक विक्रम राईको मृत्यु शंकास्पद

काठमाडौं: गाएक तथा संगीतकार विक्रम राईको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

खोटाङ घर भएका राईको फागुन १७ गते राति हरसुङमा अर्गानिक खाजा घर, अनामनगरमा मृत्यु भएको थियो।

अत्याधिक मदिरा सेवन गरेका राईको मृत्यु शंकास्पद देखिएको भन्दै उनका परिवारले अनुसन्धानको माग गरेका छन्। विक्रमसँग केही वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेकी खोटाङकै युवतीविरुद्ध उनीहरूले किटानी जाहेरी समेत दिन खोजेका छन्। घटना हुँदा ती युवती पनि साथै रहेको परिवारको आरोप ।

विक्रमकी दिदी अमिता राई लगायत आफन्तले लिभिङ टुगेदरमा बसेकी युवतीलाई पक्राउ गरेर अनुसन्धान थाल्न प्रहरीसँग माग गरेका छन्।

अहिले प्रहरी भिसेरा रिपोर्ट पर्खिरहेको छ। भिसेरा रिपोर्ट पछि थप अगाडि बढ्ने प्रहरीको भनाई छ।

प्रहरीले घटनास्थलको सीसीटीभी पनि हेरेको छ।
त्यहाँबाट पनि युवतीको भूमिका शंकास्पद नदेखिएकाले अहिले नै उनीविरुद्ध मुद्दा चल्ने अवस्था नदेखिएको प्रहरीले जनाएको छ ।

सुरुमा विक्रमको मृत्युको कारण शंकास्पद नठानेको तर अहिले उनको मृत्युु नभइ हत्या हुनसक्ने आधार देखिएको दिदी अमिताले बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसका कारण र आधार समेत उल्लेख गरेकी छन्। साथै विक्रमले बोक्दै आएको दुईवटा मोबाइल लगायतका कुनै सामग्री परिवारलाई प्राप्त नभएकोले घटना शंकास्पद भएको परिवरले दाबी गरेको छ ।