अच्युतप्रसाद वाग्ले बने काठमाडौं विश्वविद्यालयको उपकुलपति

काठमाडौं: काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् ।

विश्वविद्यालयको नयाँ उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिस भएका तीनजना मध्येबाट डा.वाग्लेलाई नियुक्त भएका हुन् ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सोमबार विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार वाग्लेलाई नियुक्त गरेका हुन् ।

उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल सहितको सिफारिस समिति गठन गरिएको थियो ।

केयू विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।