अछाममा बिहानै भूकम्पको धक्का महसुस

काठमाडौं: अछाममा आज बिहान भूकम्प गएको छ ।

अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।