चीनमा पनि गरियो सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

बेइजिङ: चीनमा मिर्गौला फेल भएकी एक महिलामा सुगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

चिनिया चिकित्सक टोलीले गत ६ मार्चका दिन अन्तिम चरणको मिर्गौला रोग भएकी ६९ वर्षीया महिलामा जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

एयर फोर्स मेडिकल युनिभर्सिटीको सिजिङ अस्पतालमा भएको सो प्रत्यारोपण सफल भएको जनाएको छ ।

चिकित्सकले भने- “प्रत्यारोपण पछि मिर्गौलामा रक्त प्रवाह भयो र प्रत्यारोपित मिर्गौला गुलावी भयो अनि चाँडै नै पिसाव उत्पादन गर्न थाल्यो,”

चिकित्सकका अनुसार शल्यक्रियाको छैटौँ दिनमा बिरामीको मिर्गौलाले राम्रो काम गरेको थियो ।

प्रत्यारोपित मिर्गौलाले २४ घण्टामा ५ हजार ४६८ मिलिलिटर पिसाव उत्पादन गरेको थियो ।

प्रत्यारोपण पछिको तीन दिनमै सिरम क्रिएटिनिन् स्तर कम हुँदै गएको भन्दै उनले प्रत्यारोपण सफल भएको संकेत मिलेको चिकित्सकले बताएका छ्न्।

प्रत्यारोपण गरिएकी महिलाको आठ वर्ष अघि नै मिर्गौला फेल भएको थियो । उपयुक्त दाता नभेटेपछि साताको तीन पटक डायलासिस गर्दै आएकी थिईन । तर समस्या नियन्त्रणमा आउन सकेन । बरु डायलासिसले अन्य जटिलता समेत निम्त्याउन थालेको थियो ।

चिकित्सक टोलीले प्रत्यारोपित महिलाले आगामी दिनमा इम्यिुनो रिजेक्सन, कोगुलेसन डिसअर्डर तथा संक्रमण जस्ता चुनौतीको सामना गर्नु पर्ने बताएको छ ।

सुगुर प्रत्यारोपण अहिलेसम्म अमेरिकामा चार जना व्यक्तिमा प्रत्यारोपण गरिएको छ । गत नोभेम्बरमा प्रत्यारोपण गर्ने बिरामी सुगुरको मिर्गौला लिएर सबैभन्दा बढी बाँच्ने बिरामी ठहरिएका छन् । यसै वर्ष जनवरीमा पनि अमेरिकामा पनि एक जना बिरामीमा सुगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी पनि एक महिना बढी समय बाँचेका थिए ।

त्यसो त चिनियाँ बैज्ञानिहरुले धमाधम जीन सम्पादित सुँगुरको मिर्गौला तथा कलेजो मानिसमा प्रत्यारोपण गर्न थालेका छन् ।

गतवर्ष एक जना बिरामीमा जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका थिए । गत डिसेम्बरमा त्यसको रिपोर्ट सार्वजनिक गर्दा ती व्यक्ति ६ महिना बढी बाँचेको भनिएको थियो ।

आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक सन् २०२४ अप्रिल १२ तारिखका दिन अमेरिकामा भएको थियो ।