नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक बस्दै, पाटी एकताबारे छलफल हुने

काठमाण्डौः नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पहिलो महाधिवेशनपछि आजबाट सुरु हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।

बिहान ११ बजेबाट सुरु हुने बैठकमा समसामयिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीलगायत विभिन्न विषयमा छलफल हुनेछ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठकका लागि संस्थापक केन्द्रीय सदस्यदेखि वहालवाला केन्द्रीय सदस्यसम्मलाई अनिवार्य उपस्थित हुन भनेकी छन् ।

यस्तै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप–प्रमुख, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरू पनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।

नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८ सम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो ।