त्रि.वि चिकित्साशास्त्र अध्ययन संस्थानको सहायक डिनमा डा. सन्तकुमार दास

काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा. सन्तकुमार दास नियुक्त भएका छन् ।

बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा. दासलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो ।

छाती रोग विशेषज्ञ डा. दास त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक भइसकेका छन्। कार्यकारी परिषद् समक्ष डा दाससँगै ‍डा. खेमबहादुर कार्की र डा. पलेस्वाँ जोशी लाखे सिफारिस भएका थिए।