काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओमा नारद लुईंटेल नियुक्त भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको हो।
सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो।
लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन्। साथै विभिन्न सरकारी तथा गैरसरकारी नियकामा नेतृत्व तहमा रहेर काम गरिसकेका छ्न् ।


















