कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयप्रति प्रचण्डको आपत्ति

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

प्रचण्डले देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफू नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको उल्लेख गर्दै उनले उनको विज्ञता र क्षमता अनि आफ्नो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको दाबी गरेका छन् ।

साथै उनले घिसिङलाई लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको जनाएका छ्न् ।

प्रचण्डले भने-  “आशा गरौँ यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ,” प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, “दुईतिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।”