काठमाडौं: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विभिन्न विषयका विशेषज्ञहरुको माग गर्दै सुचना जारी गरेको छ ।
अस्पतालको लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीका लागि क्लिनिकल रजिस्ट्रार पद करार सेवाका लागि आवश्यक पदको माग गर्दै सूचना जारी गरेको हो ।
अस्पतालमा नेफ्रोलोजी १, प्रसूति तथा स्त्रीरोग २, एनेस्थेसियोलोजी केही, इमर्जेन्सी २, बालरोगका विशेषज्ञ १ जनाको माग गरिएको छ ।
योग्यता पुगेका ईक्छुक २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छ्न् ।




















