आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका पनि परीक्षण नगर्ने

काठमाडौं: आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् ।

नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्ने भएका हुन।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण नगरी शिक्षक सडक आन्दोलनमा आउने बताए । उनले ४ लाख शिक्षक कर्मचारी रहेको जनाउदैँ तीमध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सडक आन्दोलनका लागि काठमाडौं आउने बताए ।

महासंघले २० गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने सभा, समारोह, तालिम, गोष्ठी लगायतका गतिविधिमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।

काठमाडौंमा प्रदर्शन गर्न महासंघले शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क पनि उठाउने निर्णय गरेको छ । प्रति शिक्षक कर्मचारी शुल्क १०० रुपैयाँ निर्धारण गरेको महासंघले ५० रुपैयाँ केन्द्रमा पठाउने बताएको छ ।

महासंघले २० गतेदेखि हने अनिश्चितकालीन आन्दोलन अन्तिम र निर्णायक हुने नेपाल महासंघले बताएको छ ।

नेपाल महासंघले आन्दोलनरत शिक्षक महासंघसँग सहजीकरण र वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको छ । तर उक्त समितिसँँग वार्ताको औचित्य नरहेको महासंघको भनाइ छ ।

साथै कमिटिसँग बसेर समस्या साधान नहुने भएकाले वार्तामा नबस्ने निर्णय गरेको पनि महासंघले बताएको छ।