काठमाडौं: तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनका पत्रकारको निधन भएको छ ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको निधन भएको हो ।
एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालका अनुसार रजक आग्लागी भएको भवनमा मृत भेटिएका हुन् ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।


















