काठमाडौं: काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र निर्मल निवासमा लगेर बुझाउने भएको छ ।
काठमाडौं महानगरपालिका अनुसार, आइतबार कार्यालय समय खुलेपछि निर्मल निवासमै पुर्याएर जरिवानाका पत्रहरू बुझाइनेछ ।
महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।
शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।


















