तीनकुनेमा खोसिएको बन्दुक अझै भेटिएन

काठमाडौं: गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला परेको छैन ।

सशस्त्र प्रहरीका अनुसार, उक्त बन्दुक खोस्ने व्यक्ति पक्राउ परेता पनि हराएको बन्दुक भने फेला परेको छैन ।

बन्दुक खोस्ने व्यक्तिमाथि थप अनुसन्धान गर्न आज म्याद थप गरिएको प्रहरीले बताएको छ ।

१५ चैतमा राजावादीको आन्दोलनमा तीनकुनेको मार्बल हाउस नजिकै चेपमा आन्दोलनकारीले प्रहरीमाथि ढंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीको बन्दुक खोसेर भागेका थिए ।