रवीन्द्र मिश्रलाई हतकडी लगाएर अदालत लगियो

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसलाई अदालत लगिएको छ ।

उनलाई हतकडी लगाएरै म्याद थपन सरकारी वकिलकाे कार्यलय हुँदै जिल्ला अदालत काठमाडौंमा लगिएको हो ।

थुनुवाको पोशाकमा रहेका मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई हतकडी लगाएर लगिएको हो ।

गत शुक्रबार काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकामाथि मुद्दा चलाउने गरी म्याद लिन अदालत लगिएको हो ।

शुक्रबार राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्दा चलाउन लागिएको हो । दुवैजनामाथि राज्यविरुद्ध अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई पनि म्याद थपका लागि अदालत लगिएको छ ।