इद उल फितरको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं: सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।

मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा भोलि (सोमबार) बिदा दिने निर्णय गृह मन्त्रालयका गरेको हो ।

इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

मुस्लिम समुदायमा इद विशेष हर्षोल्लासका साथ मनाइन्छ । सरकारले यस दिन सार्वजनिक बिदा दिने गर्दछ ।