काठमाडौं: आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदैछन् ।
इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो ।
यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।
इद उल फित्र पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।




















