मंगलवारबाट काठमाडौंमा वर्षाको सम्भावना

काठमाडौं:  देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै आज काठमाडौंमा आंशिक बदली रहनेछ । वर्षाको सम्भावना छैन । भोलिबाट भने काठमाडौंमा वर्षाको सम्भावना रहेको छ ।

अहिले देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।