काठमाडौं: सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ ।
शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्ने बारे शिक्षा मन्त्रालयले खुलाउन चाहेन ।
शिक्षा मन्त्रालय सचिवालयका एक सदस्यले भने-
“आजको वार्ता सकिएको छ । वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गर्छौं ।”
वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी थियो । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली सहभागी थियो ।
शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।


















