भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी

काठमाडौंः जम्मु कश्मीरमा नियन्त्रण रेखा (एलओसी)का केही क्षेत्रमा पाकिस्तानी सेनाले गोलीबारी गरेको भारतीय पक्षले आरोप लगाएको छ । त्यसको जवाफ पनि भारतीय सेनाले फर्काएको भारतीय मिडियाहरुले जनाएका छन् । तर, त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइसकेको छैन ।

भारतीय सेनालाई पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा तैनाथी बढाइएको छ ।