काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत जाँदैछन् ।
नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन् ।
अध्यक्ष डा. भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेका हुन् ।
अधिवेशन भोली आइतबारबाट भारतको फरिदावादमा हुँदैछ ।


















