काठमाडौं: प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको छलफल बोलाएका थिए । विश्वासको वातावरण नबनेको भन्दै प्रचण्ड भने बैठकमा उपस्थित नभए
सिंहदरबारमा ओली र नेपाली कांग्रेसका सभापतिबीच मात्रै छलफल भएको छ । ओलीले शान्तिप्रक्रियाका बाँकी कामका विषयमा छलफल गर्न बैठक डाकेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्डले भने यसअघि नै टीआरसीसँग नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई साटेको भाष्य बनाएकोमा प्रचण्ड रुष्ट छन् । सोही कारण बैठकमा नगएको माओवादी नेता खिमलाल देवकोटाको भनाइ छ ।
“यसपटक पनि उहाँले साँच्चिकै छलफल गर्न चाहनुभएको हो वा आफूलाई मन लागेका निर्णयमा किनाराको साक्षी बनाउन खोज्नुभएको हो भन्ने प्रस्ट छैन,” देवकोटाले भने, “उहाँलाई मन लागेका निर्णय गरिरहनुभएकै छ । उहाँको अनुकूलतामा बोलाएको बैठकमा प्रतिपक्षी दलका नेता लुरुलुरु जानु जरुरी पनि छैन ।”
कुलमान हटाएको दिनपछिको बैठकमा भने प्रचण्ड उपस्थित भएका थिए ।


















