नेता प्रदीप नेपालको निधन

काठमाडौं: वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक

अस्पतालमा निधन भएको हो ।

उनी पार्किन्सन रोगबाट पीडित भएका थिए ।

केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।

उनी पूर्व शिक्षामन्त्री पनि हुन् । नेपाला नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।

पछिल्लो समय भने नेपाल राजनीतिमा निष्क्रिय थिए ।