उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता

काठ्माण्डौः नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेट विशेष गरेर आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेको थियो ।

भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।