काठमाडौं: भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।
दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ – “भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरूको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्ली अनुरोध गर्दछ ।”
कुनै आपत्कालीन अवस्था आएमा दूतावासको आवश्यक समन्वय र सहजीकरण गर्ने जनाइएको छ ।
भारतमा रहेका नेपालीलाई अप्ठ्यारो परी आवश्यक सहयोग चाहिएमा नयाँदिल्लीस्थित दूतावासमा +९१–११२३४७६२०० नम्बरमा, हटलाइन नम्बर : +९१–८९२९६०१९२५ मा, कोलकक्तास्थित महावाणिज्य दूतावासमा टेलिफोन नम्बर : +९१–०३२४५६१२२४ र मोवाईल नम्बर : +९१–९७४८४६६९०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।



















