चैत १५ गते आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ

काठमाडौं: काठमाडौंको तीनकुनेमा चैत १५ गते आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ  परेका छन् ।

पक्राउ पर्नेमा शिव सेना नेपालका मोरङ जिल्ला अध्यक्ष अनिल बाबा भन्ने अनिल बस्नेत रहेका छन् ।

उनलाई जिल्ला अदालतबाट दुई दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।