विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाण्डुः भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

सोमबार इन्स्टाग्राममा एक पोष्ट सेयर गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
उनले लेखेका ‘…म कृतज्ञताले भरिएको हृदय लिएर जाँदै छु– खेलको लागि, मैले मैदान साझा गरेका मानिसहरूको लागि, र बाटोमा मलाई देख्ने हरेक व्यक्तिको लागि । म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्छु,’ कोहलीले इन्स्टाग्राममा लेखेका छन् ।

केही दिनअघि मात्रै कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएका थिए ।