यौन धन्दामा लगाएको आरोपमा २१ वर्षीया अर्की युवती पक्राउ

काठमाडौँः मानव बेचबिखनमा संलग्न भएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका(१६ नगवाकी २० वर्षीया अलिया खातुनलाई पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले यही वैशाख २७ गते पक्राउ गरेको हो।

पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले जानकारी दिए।

खातुनले यही वैशाखको २१ गते एक युवतीलाई नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पु¥याएकी थिइन्। त्यहाँ लगेर ती युवतीलाई उनले यौन पेसामा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको डीएसपी लम्सालले जानकारी दिए।

यसअघि पनि खातुनले अन्य बालिकाहरुलाई भारत लगेर यौन पेसामा लगाउने गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।