पोखरामा बस दुर्घटना

काठमाडौं: कास्कीको पोखरा महागनरपालिका २२ मा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् ।

विश्व शान्ति स्तुपाबाट पोखरा फर्किंदै गर्दा घुम्तीमा ग १ ख ३८८६ नम्बरको माइक्रोबस सडकमै पल्टिएको हो ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज ल्याइएको छ । बसमा रहेका अधिकांश यात्रु भारतीय पर्यटक हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २२ घाइते भएकोमा ४ जनाको गम्भीर अवस्था छ भने बाँकी चार जना यात्रु सकुशल रहेका छन् ।