बागलुङ: बागलुङका किसान गहुँ चुट्न आधुनिक प्रयोग गर्न थालेका छन् ।
किसानले थ्रेसर मेसिनबाट गहुँबाली काटने र चुट्ने काम थालेका हुन् ।
जनशक्ति कम लाग्ने र छिटो छरितो गहुँ चुट्न सकिने भएपछि किसानले यसको प्रयोग हुन थालिएको हो ।
थ्रेसर मेसिनको प्रयोगबाट एक दिनभरी लगाएको गहँुबाली एक घण्टामा चुट्न सकिने स्थानीय शुसिला शर्माले बताइन् ।
जिल्ला कृषि ज्ञान केन्द्रले विपन्न परिवारलाई ९० प्रतिशत, समुह तथा सहकारीलाई ७५ प्रतिशत र व्यक्तिलाई ५० प्रतिशत अनुदानमा धान र गहुँ चुटने थ्रेसर मेसिन किसानलाई उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख राजेश्वर सिलवालले जानकारी दिए ।
खेतीबाली लगाउन क्रममा जोत्ने र चुट्ने आधुनिक उपकरहरु पाउन थालेपछि किसानहरु खुसी भएका छन् ।
गाउँघरमा जनशक्तिको अभावलाई कम गर्न मेसिनले सहयोग पुगेपछि किसान यसतर्फ आकर्षित हुँदैगएका छन् ।



















