वसन्त ऋतुसंगै ३९५ जनाले गरे सगरमाथा आरोहण

काठमाडौं: वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार, १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति लिएका छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन् ।

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यसपटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् । सगरमाथासहित २७ हिमालमा यस सिजनका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् ।

यसअघि मौसम अनुकूल भएसँगै गत आइतबार एकैदिन १३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।