चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा विष्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १९ जना घाइते भएका छन्।
मंगलबार राती भएको उक्त दुर्घटनामा छ जना बेपत्ता भएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएको फुटेजमा घटनास्थलबाट कालो धूवाँ निस्किरहेको देखिन्छ।
स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ केमिकल कारखानामा राहत र उद्धार कार्यका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो। यहाँ कीटनाशक र औषधि उत्पादन हुँदै आएको थियो।



















