जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप स्थानलाई निषेधित क्षेत्र घोषणा गर्‍यो

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार  विभिन्न थप क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो ।

थप गरिएको निषेधित क्षेत्रहरुमा नारायणहिटी दरबार क्षेत्र केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म रहेका छन् ।