सुन तोलामा १०० रुपैयाँले घट्यो

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ । सोमबार चाँदी तोलाको दुईहजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।