सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस

काठमाडौं: न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई सिफारिस गरेको हो ।

परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन् ।

सर्वोच्चमा ४ न्यायाधीश पद खालि थियो । मंगलबार तीन जनाको नाम सिफारिस भए पनि एक जनाको अझै बाँकी छ ।