काठमाडौं: लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ ।
विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो ।
दूतावासका कन्सुलर सन्जिव शर्मालेका अनुसार भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका हुन् । उनका अनुसार भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका छन् ।
सूची अनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु सवार थिए ।
अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।
बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन ।




















