हुम्लामा ड्रागन फ्रुट फल्न लाग्दा किसान उत्साहित

हुम्ला: हिमाली जिल्ला हुम्लामा ड्रागन फ्रुट फल्न लाग्न थालेको छ ।

अत्यधिक जाडो हुने हुम्लामा परीक्षणका लागि तुम्चमा लगाइएको बोटले फल दिन थालेको हो ।

फल्छ कि फल्दैन भनेर परीक्षण गर्न १ सय ५० बिरुवा रोपेको भए पनि एक सयभन्दा धेरै बोटमा यतिबेला फूल फुलेर फल लागेको छ ।

जिल्लाको तराईका रुपमा लिँदैआएको तुम्चमा फल फल्न थालेपछि अब व्यवसायिक रुपमा ड्रागन खेतीतर्फ लागेको अदानचुली –३ का नेत्र फडेराले जानकारी दिएका छन् ।

फडेराले बोटमा फलेका धेरै फलको व्यावसायिक बिक्री सुरु नभएको भए पनि लगाएको दुई वर्षभित्र फल दिँदा आफूलाई सो खेती गर्न उत्साहित बनाएको बताए ।

जिलामा ड्रागन फ्रुटको प्रतिकिलो ४ सय देखि ७ सय मूल्य रेहेको उनले बताए ।

परीक्षण गर्नकै लागि ५ रोपनी जमिनमा लगाएको ड्रागनले फल दिँदा किसान उत्साहित बनेका छन् ।

ड्रागन फ्रुटको खेती यतिबेला जिल्लाको अदानचुली, सलिसल्ला, बाग्रेचौर, घाट, दोमुख, पैमा र कवाडीलगायतका क्षेत्रमा लगाउन सुरु गरिएको छ ।