सुन तोलामा ९ सय रुपैयाँ बढ्यो, चाँदीको मुल्य अहिले सम्मकै उच्च

काठमाडौं: सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउले वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको भाउमा भने एकपछि अर्को रेकर्ड बन्न थालेको छ । गत सोमबारको उच्च मूल्य रेकर्ड बुधबार नै तोडिएको छ । यस दिन चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार २ हजार १६० तथा सोमबार २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।